logo
२०८० चैत्र १५ बिहीवार



डडेल्धुरा र बझाङमा २० जना कोरोना संक्रमित थपिए

प्रदेश |


डडेल्धुरा र बझाङमा २० जना कोरोना संक्रमित थपिए


राजेन्द्र ठगुन्ना
अमरगढी,असोज ५ गते । डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा सोमबार गरीएको परीक्षण्मा २० जनामा कोरोना पोजेटिभ देखिएको डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलिष्ट जिनी गणेजुले बताउनुभयो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा एक सय आठ जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पोजेटिभ देखिएको र अन्य ८८ जनाको नेगेटिभ आएको प्रयोशालाले जनाएको छ ।
संक्रमित हुनेमा डडेल्धुरा जिल्ला अजयमेरु गाउपालिकाका ४ जना र बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाका ७ जना,केदारस्युँ गाउपालिका ४ जना, विथ्थडचिर गाउपालिकाका १ जना, मष्ठा गाउपालिका ३ जना र छबिसपाथीभरा गाउपालिकाका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?