logo
२०८० चैत्र १५ बिहीवार



उड्नेहरूका लागि आकाश खुलेपछि (फाेटाे फिचर)

पर्यटन |


उड्नेहरूका लागि आकाश खुलेपछि (फाेटाे फिचर)
तस्बिर सुजन गुरूङ्ग 


गाेरखापत्र अनलाइन

काठमाडौँ, असोज ५ गते ।  कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । हवाइ उडान खुला गरेसँगै त्रिभुवन अन्तराष्ट्रय विमानस्थलकाे आन्तरिक टर्मिनलमा चहल पहल देखिएकाे छ ।  बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो ।

सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो । एक सातापछि क्रमशः उडान सङ्ख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान सङ्ख्या बढाइने बताएका छन् ।

उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ । सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् । कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन् । 

तस्बिर सुजन गुरूङ्ग 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?