logo
२०८० चैत्र १५ बिहीवार



अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

प्रदेश |


अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टर मार्फत सुत्केरीको उद्धार


नवीन शिशिर विक
बागलुङ, असोज ५ गते । अत्यधिक रक्तस्राव भएपछि बागलुङको गल्कोट नगरपालिका– ११ रिघाकी २५ वर्षीया सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

रिघाकी गौरी श्रीसलाई बच्च जन्मेपछि निरन्तर रक्तस्राव भएको कारण जोखिम न्यूनीकरण गर्न सोमबार विहान हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पु-याइएको हो । श्रीसले सोमबार बिहान १ बजे बच्चालाई जन्म दिनुभएको थियो ।
अत्यधिक रक्तस्रावसँगै ज्वरो र बान्तासमेत भएपछि श्रीसलाई तत्कालै पोखरा रिफर गरिएको रिघा स्वास्थ्य चौकी प्रमुख लक्ष्मी घर्ति श्रीसले जानकारी दिनुभयो । दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो ।
पहाडी जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्यसम्बन्धी समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पु-याउनुपर्ने बाध्यता छ ।
उच्च रक्तस्राव, दुई/तीन दिनसम्म सुत्केरी बेथाले थलिएका, स्वास्थ्यकर्मीले तोकेको म्याग्द नाघेर पनि सुत्केरी हुन नसकेका र तत्काल सुविधासम्म अस्पतालमा सडक यातायातमार्फत लैजान नसक्ने अवस्थामा ज्यानै जोखिममा परेको महिलाको उद्धार गर्न हेलिकप्टरको प्रयोग हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?