logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाबाट विदेशमा दुई सय ४४ नेपालीको निधन

राष्ट्रिय |


कोरोनाबाट विदेशमा दुई सय ४४ नेपालीको निधन


काठमाडौँ, असोज ४ गते । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका दुई सय ४४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।

कोरोनामन कारण नेपालसहित विश्वभर जम्मा ६ सय ४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक संजिव सापकोटाले जानकारी दिनुभयो । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङक्रमित भएका छन् ।

कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।
विदेशमा अलपत्र परेका ६९ हजार नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?