logo
२०८० चैत्र १५ बिहीवार



घर आँगनमा सरकार पुगेको अनुभूति दिलाउने प्रयासमा छौं: मुख्यमन्त्री भट्ट

राष्ट्रिय |
प्रदेश |


घर आँगनमा सरकार पुगेको अनुभूति दिलाउने प्रयासमा छौं: मुख्यमन्त्री भट्ट


सुदूरपश्चिम,असोज ३ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै प्रकारका कानूनलाई संविधानको भावना र मर्म अनुकूल बनाएर प्रदेशवासीको घरआँगनमा सरकार पुगेको अनुभूति दिलाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।     
    
संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड—१९ को विषम परिस्थितिमा मनाउन लागिएको यस वर्षको संविधान दिवसले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित एंव समृद्धिमा एकजुट भई लागि पर्न हामी सबैलाई सुखद अनुभूति भएको बताउनुभयो ।    
    
स्वदेश र विदेशमा रहनुभएका नेपालीलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना दिँदै उहाँले सन्देशमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन सहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।    
    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?