logo
२०८० चैत्र १५ बिहीवार



ट्रेड युनियन निर्वाचनका कारणले कर्मचारी सरुवा नगर्न निर्देशन  

खुला |


ट्रेड युनियन निर्वाचनका कारणले कर्मचारी सरुवा नगर्न निर्देशन  


काठमाडौँ, असोज गते। संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका कारणले कुनै पनि सरुवा, काज सरुवा नगर्न सबैलाई निर्देशन गरेको छ । मन्त्रालयका शाखा अधिकृत युवराज अर्यालले सूचना जारी गरी यही असोज २४ गतेसम्मका लागि कर्मचारीको सरुवा र काज सरुवा नगर्न अनुरोध गर्नुभएको हो ।

यही असोज २४ गते हुने निर्वाचनका लागि यही असोज १ गतेदेखि निर्वाचनको आचारसहिंता लागेकाले सरुवामा रोक लगाइएको हो । सरकारले निर्वाचन गर्नका लागि निर्वाचन कार्यालयसमेत स्थापना गरिसकेको छ । विसं २०७३ जेठ १९ गते भएको निर्वाचनको चार वर्ष कार्यकाल सकिएपछि निर्वाचन हुन थालेको हो । युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले कोरोना भाइरस (कोभिड–१९) का कारणले निर्धारित मितिमा निर्वाचन गर्न कठिनाइ हुने बताउनुभयो । देशभर करिब ८३ हजार निजामित कर्मचारी रहेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?