logo
२०८१ बैशाख ७ शुक्रवार



मानपदवीको टुङ्गो

राष्ट्रिय |


मानपदवीको टुङ्गो


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २ गते । मन्त्रिपरिषद् बैठकले संविधान दिवस (असोज ३) का अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महìवपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको नाम टुङ्गो लगाएको हो ।
गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाका अनुसार संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ । यसपटक कोभिड–१९ महामारीका क्षेत्रमा महìवपूर्ण योगदान पु¥याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ४५० जनाभन्दा
बढीले मानपदवी पाउने जनाइएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?