logo
२०८१ बैशाख ८ शनिवार



वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनीत, शपथ आज ४ बजे

राष्ट्रिय |


वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनीत, शपथ आज ४ बजे


गोरखापत्र अनलाइन

काठमाडौं, असोज १ गते । राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको शपथ आज साँझ ४ बजे हुने भएको छ ।
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले उहाँको नामलाई सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज गौतमलाई राष्ट्रिय सभाका लागि मनोनीत गर्नुभएको हो । राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले गौतमलाई मनोनीत गर्नुभएको बताउनुभयाे ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार नेता गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साँझ ४ बजे सिंहदरवारमा पद तथा गोपनीयताको शपथ खुवाउनुहुनेछ ।
गत सोमबार २९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेता गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?