logo
२०८० चैत्र १६ शुक्रवार

  सामाजिक सञ्जालमा घोषणा गरेर आत्महत्या गर्ने बढे  



डोरीसमेत बोकेर बसेका १३ जनालाई प्रहरीले बचायो

समाज |


डोरीसमेत बोकेर बसेका १३ जनालाई प्रहरीले बचायो


केशवराज पौडेल
काठमाडौं, भदौ ३१ गते । लकडाउनको समयमा नेपाल भरमा आत्महत्या गर्न खोज्ने १३ जनालाई प्रहरीले बचायो । सामाजिक संञ्जालमा आपूmले आत्महत्या गर्न खोजेको भिडियो राख्ने १३ जनालाई प्रहरीले बचाएको प्रहरी प्रवक्ता कुँवेर कडायत बताउनुहुन्छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा लाइभ गर्दैै आत्महत्याको घोषणा गर्ने क्रम बढेसँगै प्रहरीको साइबर अपराध नियन्त्रणमा खटिएको टोलिले निक्कै सक्रियता देखाएको छ । आत्महत्या घोषणा गर्ने क्रममा सञ्जालमै क्रियाशील भएपछि प्रहरीले सामाजिक सञ्जालमा निगरानी बढाउँदा आत्महत्याको तयारीमा डोरीसमेत बोकेर बसेका १३ जनाको उद्धार गरेको कठायतले बताउनुभयो ।
उद्धार गरिएकाहरुलाई परामर्शपश्चात परिवारको जिम्मा लगाइएको छ । प्रहरीले यसअघि प्रहरीकै तल्लो युनिटको रुपमा रहेको प्रहरी चौकीहरुले समेत आत्महत्या रोकथाममा सक्रियता देखाउँदै आएका थिए । कोभिडको कारणले प्रहरीले नियमित रुपमा समुदायस्तरमा गर्दै आएको सचेतना कार्यक्रम भने लकडाउनपछि रोकिएका छन् । यसले समेत आत्महत्याका घटना बढ्न थालेका र आत्महत्या गर्न लाइभ भिडियोमा आउन थालेपछि प्रहरीले सामाजिक सञ्जालमा निगरानी बढाउन थालेको हो ।
प्रहरीको तथ्याङ्क अनुसार यो आर्थिक बर्षको साउन यतामात्रै ७०९ जनाले आत्महत्या गरिसकेका छन् । यो समयमा झुण्डिएर ५६१ र बिष सेवन गरेर १३७ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको तंथ्याङ्गलाई आधार मान्ने हो लकडाउनको अवधिमा मात्र १६ सय ४७ ले आत्महत्या गरिसकेका छन् जुन लकडाउन अगाडिको अवधिभन्दा २५ प्रतिशतले बढी हो ।
जिल्ला जिल्लामा प्रहरी कार्यालयहरुले आत्महत्या न्यूनीकरणको लागि समुदायस्तरमै पुगेर समुदाय प्रहरी कार्यक्रमहरु संचालन गरिरहेको थियो तर कोभिडको कारणले छ महिनादेखि सचेतना कार्यक्रम संचालन हुन सकेका छैनन् प्रवक्ता कडायतले भन्नुभयो । ‘हामीले विद्यालयस्तरमा समेत पुगेर आत्महत्या निरुत्साहित गराउन कार्यक्रमहरु संचालन गरिरहेक थियौ तर त्यो अहिले रोकिएको छ’ उहाँले भन्नुभयो ।
नेपाल प्रहरीको महिला तथा बालबालिका शाखाको प्रमुख दुर्गा सिंहले आत्महत्या रोकथाम गर्नको लागि विद्यालयस्तरदेखि नै पाठ्यक्रममा मानसिक स्वास्थ्यको बिषय समेट्न आवश्यक रहेको बताउनुहुन्छ ।
‘हामीले अरु स्वास्थ्यको बारेमा निक्कै ख्याल गरे पनि मानसिक स्वास्थ्यको बारेमा ख्याल गर्न नसक्दा समस्या बढिरहेको छ’ उहाँले भन्नुभयो । बालबालिकालाई सकारात्मक तथा नकारात्मक कुराको बारेमा जानकारी दिने उदेश्यले विद्यालयस्तरमा संचालन भैरहेका कार्यक्रमहरु समेत गर्न नसक्दा असर देखा पर्न थालेको हुन सक्ने उहाँको अनुभव छ ।
सामाजिक रुपमै मानिसहरुलाई मानसिक स्वास्थ्यको बारेमा ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानसिक स्वास्थ्य पछिल्लो सयम निक्कै समस्याको रुपमा विकास भैरहेकाले यसले आत्महत्याका घटनाहरुमा बृद्धि गराएकाले विद्यालयस्तरबाटै आत्महत्या निरुत्साहित गर्न मानसिक स्वास्थ्य बारेको पाठ्यक्रम आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपालीहरु सानो कुरामा पनि खुसी हुन्छन र नेपालीहरुले सामान्य रुपमा धेरै कुराको माफी दिने गर्छन् त्यसैले उहाँलाई समयमै परामर्श दिन सकेमा मानसिक रोगमा कम गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले जसरी अरु पाठ्यक्रम भएजस्तै मानसिक स्वास्थ्यको पनि पाठ्यक्रम विद्यालय स्तरबाटै आवश्यक रहेको उहाँ बताउनुहुन्छ । हाम्रो समाजमा पनि मनोरोगका लक्षण भएकाहरुलाई हौसला दिने, एक्लै नछाड्ने र व्यस्त बनाउने प्रयास गर्नुपर्नेमा उहाँको जोड थियो ।
बार्षिक छ हजारभन्दा बढीले गर्छन् आत्महत्या
नेपाल प्रहरीका अनुसार नेपालमा आर्थिक बर्ष ०७५/०७६ मा छ हजार २७९ जनाले आत्महत्या गरे । त्योमध्ये पाँच हजार ३९ जनाले झुण्डिएर आत्महत्या गरे । एक हजार १४६ जनाले बिष सेवन गरे भने हामफालेर ३४ जना र डुबेर २७ जनाले आत्महत्या गरे ।
आर्थिक बर्ष २०७६÷०७७ मा छ हजार २४१ जनाले आत्महत्या गरे । सबैभन्दा धेरै पाँच हजार १४ जनाले आत्महत्या गरे । त्यसमा बिष सेवन गरेर एक हजार ११६ जनाले आत्महत्या गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?