logo
२०८० चैत्र १६ शुक्रवार



सभामुख सापकोटा र पाकिस्तानी राजदुत जाभेदबीच शिष्टाचार भेटवार्ता

राष्ट्रिय |


सभामुख सापकोटा र पाकिस्तानी राजदुत जाभेदबीच शिष्टाचार भेटवार्ता


गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ३० गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत मज्हर जाभेदबीच मंगलबार दिउँसो शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभयो । विश्वभर मानव जातिमा परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएको भन्दै पाकिस्तान सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभएको प्रेस विज्ञ न्यौपानेले बताउनुभयो ।
चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदुत जाभेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । कोरोनाका कारण सात महिना यता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तार र व्यापक हुने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?