logo
२०८१ बैशाख ८ शनिवार



नेपाल-भारत सीमा विवाद: समस्या समाधान गर्न सबै उपाय अवलम्बन गर्न सुझाव

राष्ट्रिय |


नेपाल-भारत सीमा विवाद:  समस्या समाधान गर्न सबै उपाय अवलम्बन गर्न सुझाव


चाँदनी हमाल

काठमाडौँ, भदौ २५ गते । नेपाल र भारतबीच विद्यमान सीमा समस्या समाधान गर्न नेपाल सरकारले ‘ट्र्याक वान’सँगै ‘ट्र्याक टु’को वैकल्पिक कूटनीतिलाई सक्रिय बनाउनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।
बुधबार आयोजित एक बेविनारमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले पनि ‘ट्र्याक वान’ र ‘ट्र्याक टु’ दुवै पथ प्रयोग गर्न सरकारलाई सघाइरहेको जानकारी दिनुभयो । “नेपालले गरेको वार्ताको आह्वानलाई भारतले वास्तै नगरेको हैन, सकारात्मक नै देखिन्छ”, उहाँले भन्नुभयो ।
यो नेपालको मात्र नभएर भारतको पनि समस्या रहेकाले भारत सधँै नेपालसँग टाढा र वार्ताविहीन भएर रहन नसक्ने दाबी उहाँले गर्नुभयो । उहाँले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सँगको कुराकानी स्मरण गर्दै सरकारले ‘ट्र्याक टु’को माध्यमलाई पछिल्लो समय सक्रिय बनाउन पहल थालेको छ । नेपाल र भारतबीच व्यापारिक र आर्थिक लेनदेनको दृष्टिकोण ब्रिटिसकालीन हुनु र नेपालको आन्तरिक मामिलामा गहन रूपले व्यवस्थापनमा सक्रिय रहनुले दुई देशबीचको समस्या बढ्दै गएको हो । उहाँले सन् १९५० को मैत्री सन्धिले नेपाललाई सार्वभौम सत्ता सम्पन्न नराखेको र भारतको सुरक्षा छातामा राख्न खोजेकाले आर्थिक रूपमा भारत निर्भर बनाएको स्पष्ट गर्र्नुभयो । नेपालले भारतसँग यी कुरा राखेर नेपालको भूमि भारत वा कुनै छिमेकी
मुलुकविरुद्ध प्रयोग हुन नदिने
विश्वास दिलाउन सक्नुपर्ने धारणा उहाँको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले नेपालसँग भारत–चीन दुवैको सम्बन्ध र भूमिका महŒवपूर्ण रहेको बताउनुभयो । अमेरिकापछि चीन र त्यसपछि भारत शक्तिराष्ट्र बन्ने होडमा रहेकाले नेपालले सबैसँगको सम्बन्ध बराबरकै हैसियतमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का सदस्य सूर्यनाथ उपाध्यायले नेपालले भारतसँगको सम्बन्ध सुुधारलाई प्राथमिकता दिनुुपर्ने बताउनुुभयो । विकल्पका रूपमा सफ्ट पावर प्रयोग गरेर भारत सरकारलाई बुझाउनुको अर्को विकल्प नेपालसँग नरहेको उहाँको भनाइ छ । पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपाल आफ्नो राष्ट्रिय हित बलियो बनाएर वार्तामा बस्नुपर्ने सुझाव दिनुभयो । राजनीतिक, आर्थिक, पानीको स्रोत र कनेक्टिभिटी जस्तो दुई देशबीचको सम्बन्धको कडीमा नेपालले भारतको एकतर्फी बाटोमा नगएर बराबरीको हकमा काम गर्न सके भविष्यमा समस्या कम हुँदै जाने सुझाउनुभयो ।
वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले सहजीकरण गर्नुभएको बेविनारमा डा. गोविन्दबहादुर थापाले नेपालले भारतसँग वार्ता गर्दा सूक्ष्म ढङ्गले भारतको धारणा बुझ्नुपर्नेमा जोड दिनुभयो । विज्ञ केशरबहादुर भण्डारीले देशको हितमा हुने गरेर वार्ताका एजेन्डामा अहिल्यैदेखि गृहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?