logo
२०८० चैत्र १६ शुक्रवार



‘मिहिनेतसँगै भाग्य पनि चाहिन्छ’

शनिवार |


‘मिहिनेतसँगै भाग्य पनि चाहिन्छ’


यलु जोशी

कतिपयलाई लाग्न सक्छ– उन्नति गर्न त खोलो तरेपछि लौरो बिर्सनैपर्छ । तर, ‘नेपाल आइडल सिजन–३’ की विजेता सज्जा चौलागाईंलाई यसरी कृतघ्न भएर बाँच्नु छैन । सगरमाथाको शिरमा पुगेपछि जाने ठाउँ कहीँ हुँदैन । ओर्लनैपर्छ । नेपाल आइडलरूपी सगरमाथाको टुप्पोमा बसेर उहाँ यतिखेर आफ्नो आधार सम्झँदै भन्नुहुन्छ, ‘आउँदा दिनमा पनि मेरो ब्यान्डसँगै नयाँ गीत गाउँछु । दुःखमा साथ दिने हातहरूलाई कहिल्यै बिर्सिन्न ।’
आफ्ना सङ्घर्षका पयो फुकाउँदै उहाँले ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा लाइभ गीत गाउँदा भोग्नुपरेका तीत(ामीठा घटना पनि यो क्षण सम्झनुभयो । ‘दी लोडिङ’ नामक ब्यान्डमा आबद्ध उहाँ कलेज पढ्दै, लाइभ गीत गाउँदै आफ्नो जीवन चलाउनुहुन्थ्यो । ‘लाउन्जमा हिन्दी, रक र अङ्ग्रेजी गीत बढी गाउनुपथ्र्यो,’ सज्जाले भन्नुभयो, ‘यस्ता कार्यक्रममा तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो । दर्शकको रोजाइअनुसारको गीत नहुँदा धेरैको गाली खाइयो । यसरी गाली खाए पनि राम्रो छ भनेर प्रशंसा गर्ने पनि नभएकाचाहिँ होइनन् ।’ पहिलोपटक फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाउँदा पाँच सय रुपियाँ कमाएको क्षण पनि उहाँ भुल्न सक्नुहुन्न । उहाँले थप भन्नुभयो, ‘दर्शकलाई खुसी पार्न जुन गीत भन्यो त्यही गीत एकैछिन सुनेर गाउनुपथ्र्यो । यो कठिनको काम हो । तर, दर्शकलाई खुसी पार्न मलगायत मेरो समूह सधैँ तयार हुन्थ्यो । अविनाश अछामी, पेम्बाछिरिङ तमाङ, सुशान्त सापकोटासहित म पनि गीत प्रस्तुत गर्थें । मलाई नेपाल आइडलसम्म पु¥याउनमा मेरो ब्यान्ड सदस्यको ठूलो हात छ । उहाँहरूको हौसलाले नै आज म यहाँसम्म आइपुगेकी हुँ ।’
‘म पहिला पनि गाउँथेँ र अहिले पनि गाउँछु । मेरो जीवनमा त्यति धेरै परिवर्तन आएको छैन । पहिला थोरैले चिन्थे । अहिले धेरैले चिन्छन्, मानसम्मानको नजरबाट हेर्छन् । सङ्गीतले मलाई सबैसामु चिनाउन मद्दत गरेको छ । त्यसमा धेरै खुसी छु,’ आफ्नो साङ्गीतिक यात्राबारे थप जानकारी दिँदे उहाँले भन्नुभयो, ‘कक्षा १ मा पढ्दादेखि नै स्कुलका विभिन्न गायन प्रतियोगितामा भाग लिन्थेँ । कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेँ । प्रोग्रेसिभ एजुकेसन फोरमअन्तर्गत हाम्रो स्कुलमा विभिन्न कार्यक्रम हुन्थे । त्यतिबेला पनि मैले गायनबाट धेरै पुरस्कार जितेकी थिएँ । राष्ट्रियस्तरको प्रतियोगितामा विजेता भएकोचाहिँ यो नै पहिलोपटक हो । स्कुले जीवनपछि गायनलाई नै पेसा बनाउन थालेकी थिएँ ।’
गायक सविन राईको ‘तिमी नै हौ मलाई माया गर्ने, तिमी नै हौ’ बोलको गीत प्रस्तुत गरेर उहाँ यस प्रतियोगितामा प्रवेश गर्नुभएको थियो । नेपाली साङ्गीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल गायक तथा गायिका बन्न चाहने हरेकको सपना हो । प्रतियोगिता जितेर उहाँ पहिलोपटक उपाधि जित्ने महिला पनि बन्नुभयो । मोरङ, पथरीकी सज्जा यसबाट धेरै उत्साहित हुनुभएको छ । ‘बोल्ड’ स्वरकी धनी सज्जाले हरेक कार्यक्रममा प्रशंसा बटुल्दै नेपाल आइडलको बाजी मार्नुभएको हो । नेपाल आइडलमा छनोट भएसँगै उहाँको ‘रक पप’ र ‘भर्सटायल’ गायकीको चर्चा हुन थालेको थियो ।
‘नेपाल आइडल सिजन–३’ को विजेता घोषित हुँदा खुसीको सीमा नै रहेन । सबैको मायाले यो सफलता हात परेको हो,’ उहाँले भन्नुभयो, ‘विगतका वर्षमा झैँ अन्तिम स्पर्धाजस्तो हुनुपर्ने थियो, त्यस्तो हुन सकेन । तर, सफलताले एकदमै खुसी छु । अब देश र साङ्गीतिक क्षेत्रप्रति अझ बढी जिम्मेवारी थपिएको महसुस गरेको छु ।’
‘नेपाल आइडल बन्न मिहिनेतको साथै भाग्य पनि चाहिन्छ । मिहिनेत त सबैले गर्छन् । मभन्दा राम्रो गायक–गायिका पनि थिए । तर, भाग्यले मलाई साथ दियो । मैले धेरै मिहिनेत पनि गरेको थिएँ । आफू जसरी पनि विजेता चुनिनुपर्छ भन्नेचाहिँ थियो । म नै विजेता हुन्छुजस्तो लाग्थ्यो । म जहिले पनि सकारात्मक सोच राखेर अगाडि बढ्ने गर्दछु,’ नेपाल आइडलको बाजी मार्नुको रहस्यचाहिँ उहाँले यसरी खोल्नुभयो ।
उहाँको भविष्यका योजना भने अहिले नै बनिसकेका छैनन् । उहाँ भन्नुहुन्छ, ‘भर्खरै एउटा पाइलामा सफलता हात प¥यो । बिस्तारै–बिस्तारै अबका कदम चाल्दै जान्छु । सङ्गीतमा उम्दा योगदान कसरी पु¥याउन सकिन्छ त्यो बाटो हेर्दै छु ।’ पहिलोपटक महिला विजेता भएकाले सम्पूर्ण नारीको मान र प्रतिष्ठालाई अघि बढाएको अनुभव गर्नुभएकी सज्जाले प्रतिभा प्रस्तुत गर्ने, हौसला प्रदान गर्ने कार्यक्रम नेपाल आइडल भएको र आफूमा प्रतिभा छ, केही गर्न सक्छु भनेर यहाँ आउनेले धेरै कुरा सिकेर अघि बढ्न सक्ने पनि बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?