logo
२०८१ बैशाख ४ मंगलवार



विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड दश लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड दश लाख नाघ्यो
तस्विर–फाइल


जेनेभा, स्वीट्जरल्याण्ड, साउन ३० गते ।
विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकाअनुसार शुक्रबारसम्म विश्वभरि कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ३९ लाख २५ हजार ६२५ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६३ लाख ९१ हजार ८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितहरू मध्ये ६४ हजार ५०६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख १५ हजार ६६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ७० हजार ४१५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ५० लाख ७४ हजार ३७३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । एक लाख ७१ हजार ४१८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६३ लाख ८२ हजार ६८९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ४३ हजार ६० जनाको मृत्यु भएको छ ।
युरोपमा ३१ लाख छ हजार ५५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार २०५ को मृत्यु भएको छ । एसिया ५३ लाख ९६ हजार ७७८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख १५ हजार ६६९ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १० लाख ८८ हजार ७७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २४ हजार ७२७ जनाको मृत्यु भएको छ । ओसियानामा २४ हजार ८०६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ४०१ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?