logo
२०८१ बैशाख ८ शनिवार



अङ्गरक्षकमा सङ्क्रमण पुष्टिपछि नेकपा महासचिव पौडेल एकान्तवासमा

राष्ट्रिय |
फिचर |


अङ्गरक्षकमा सङ्क्रमण पुष्टिपछि नेकपा महासचिव पौडेल एकान्तवासमा


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । महासचिव पौडेलका सबै परिवारलगायतका स्वाब परीक्षण गर्दा अङ्गरक्षकको मात्र कोरोना पोजिटिभ देखिएको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

शुक्रबार गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको पाण्डेले जानकारी दिनुभयो । कोरोना पोजिटिभ देखिएलगत्तै आइतबार ३ बजे प्रहरी अस्पतालमा अङ्गरक्षकलाई भर्ना गरिएको छ । महासचिव पौडेल आइतबारदेखि आफ्नै निवासमा एकान्तवासमा रही भेटघाट बन्द गर्नुभएको उहाँका स्वकीय सचिव पाण्डेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?