logo
२०८१ बैशाख ७ शुक्रवार



सवारी पास वितरणमा कडाइ

राष्ट्रिय |


सवारी पास वितरणमा कडाइ



गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २५ गते । काठमाडौँ उपत्यकामा कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि लामो दूूरीका सवारी पास वितरणमा कडाइ गरिएको छ । उपत्यकाबाट बाहिर जाने सवारी पास लिँदा अत्यधिक भीड बढेपछि जिल्ला प्रशासन काठमाडौँले थप कडाइ गरेको हो ।
अत्यावश्यक काममा मात्रै सवारी पास दिइने भएको छ । निवेदन दिएको दिनमै सवारी पास उपलब्ध गराउँदै आएको जिल्ला प्रशासनले अब अर्को दिन बिहान पास उपलब्ध गराउने भएको छ । कार्यालय समयमा भीडभाड भएपछि बिहान ८ बजे सवारी पास वितरण गरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो दिन निवेदन सङ्कलन गरी भोलिपल्ट बिहान ८ बजे पास वितरण गरिनेछ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?