logo
२०८१ बैशाख ८ शनिवार



उपत्यका प्रवेश गर्ने दश हजारको परीक्षणमा ४० जनामा सङ्क्रमणको पुष्टि

राष्ट्रिय |


उपत्यका प्रवेश गर्ने दश हजारको परीक्षणमा ४० जनामा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २० गते । काठमाडाैँ उपत्यका प्रवेशको तीन नाकाबाट सङ्कलन गरी परीक्षण गरिएको स्वाबमा ४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन दोस्रो साता काठमाडाैँ उपत्यका प्रवेशको साँगा, थानकोट र फर्पिङ नाकामा स्वाब सङ्कलन गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दश हजार ८५३ जनाको स्वाब परीक्षण गरिएकोमा ४० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँले काठमाडाैँ प्रवेशको मुख्य नाका नागढुङ्गा–थानकोटबाट छ हजार ६४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा १६ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । त्यसैगरी, बीपी राजमार्ग भएर काठमाडाैँ प्रवेश गर्ने साँगाबाट तीन हजार ८४२ जनाको स्वाब परीक्षण गर्दा १३ जनामा सङ्क्रमण फेला परेको डा. गौतमले बताउनुभयो ।
फर्पिङ नाकाबाट एक हजार ३०७ जनाको स्वाब परीक्षण गरिएकोमा ११ जनामा सङ्क्रमण फेला परेको छ । मन्त्रालयका अनुसार नाका प्रवेश गरेकाबाट सङ्कलित स्वाब नतिजाबमोजिम शून्य दशमलव ४ प्रतिशत सङ्क्रमणदर रहेको छ । उक्त दर दैनिक सङ्क्रमणदरभन्दा अत्यन्तै कम देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?