logo
२०८० चैत्र १६ शुक्रवार



भारतको पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


भारतको पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु


नयाँदिल्ली, साउन १८ गते । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेह?मा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरू रहेका छन् । प्रहरीले अवैध मदिरा बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।

भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त मदिरा सेवनबाट सयौँ व्यक्तिको ज्यान जाने गरेको छ । अवैध यस्तो मदिरा स्थानीय बजारमा प्रतिलिटर भारु १० मै पाइने गरेको छ । प्रहरीका अनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको ज्यान गएको छ ।

यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको सङ्ख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ । पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिइएको बताउनुभएको छ । उहाँले अवैध तथा विषाक्त मदिरा बिक्रीमा दोषी व्यक्ति भेटिए कडा कारबाही गरिने बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?