logo
२०८१ बैशाख ७ शुक्रवार



सभामुख सापकोटासहित सचिवालयका सदस्यमा सङ्क्रमण पाइएन 

राष्ट्रिय |


सभामुख सापकोटासहित सचिवालयका सदस्यमा सङ्क्रमण पाइएन 


गोरखापत्र अनलाइन

काठमाडौँ, साउन १८ गते । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटासहितको सचिवालय सदस्य तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको अगुवा गाडीमा साउन ६ गतेसम्म सुरक्षार्थ खटिनुभएका एक सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सभामुख सापकोटासहित सचिवालयका सदस्य तथा अन्य सुरक्षाकर्मीको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार गएराति आएको कोरोना परीक्षणको प्रतिवेदन नेगेटिभ छ । उहाँहरू सबैको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको प्रतिवेदनअनुसार सबैको प्रतिवेदन नेगेटिभ रहेको न्यौपानेले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?