logo
२०८० चैत्र १५ बिहीवार



अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टा पछि खुल्यो

राष्ट्रिय |


अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टा पछि खुल्यो


होमराज रानाभाट
गैँडाकोट, असार २७ गते । दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैंँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि १० घण्टादेखि अवरुद्ध पूर्ब पश्चिम राजमार्ग अपरान्हबाट खुलाइएको छ। सडक विभागका महानिर्देशक केशवराज शर्माले राजमार्ग करिब एकघण्टा अघि खुलाइएको जानकारी दिनुभएको हो।
बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन राति एक बजे बाढीले बगाइदिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार राति एक बजेदेखि बाटो अवरुद्ध बनेको थियो।
बिहानैदेखि निर्माणको कार्य भइहरेको भए पनि साँझ सम्ममा डाइभर्सन निर्माण सकिने प्रहरीले जनाएको थियो । यसअघि पनि बाटो साँघुरो भएको भन्दै त्यहाँ नयाँ कल्भर्ट हालिएको थियो । पटकपटक बाटो जाम हुदाँ यात्रुले  सास्ती खेप्दैआएका थिए । नारायणगढ-बुटवल सडक खण्ड विस्तार आयोजनाको कार्य जारी रहँदा अस्थायी रुपमा बनाइएको डाइभर्सन त्यहीँ रहेको र डाइभर्सन नै बगाएपछि अहिले बाटो बनाउने काम भइरहेको प्रहरीले जनाएको छ । 
अवरुद्ध राजमार्गका कारण सडकमा हजारौँ सवारी सधान र यात्रु अलपत्र परेका प्रहरीले जनाएको थियो ।

याे पनि पढ्नुहाेस्

बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?