logo
२०८० चैत्र १५ बिहीवार



भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २६ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २६ हजार सङ्क्रमित
तस्विर–फाइल


नयाँदिल्ली, असार २६ गते।
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्यामध्ये सबैभन्दा धेरै पनि हो ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरूले जनाएका छन् ।
भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २१ हजार ६०४ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा दुई लाख ३० हजार ५९९ जना सङ्क्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५८१ जना र दिल्ली प्रदेशमा एक लाख सात हजार ५१ जना सङ्क्रमित भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?