logo
२०८० चैत्र १६ शुक्रवार



सांसद सरिता गिरीको पद रिक्त

राष्ट्रिय |


सांसद सरिता गिरीको पद रिक्त


लक्की चौधरी
काठमाडौँ, असार २५ गते । जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको सङ्घीय संसद सचिवालयले जनाएको छ । सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना प्रकाशित गरी सो पद रिक्त भएको जानकारी गराउनुभयो । सो पार्टीले संसदीय दलको ह्वीपको उल्लङ्घन गरेको भन्दै पार्टीको केन्द्रीय कारिणी समितिको बैठकबाट गिरीलाई पार्टी विधानअनुसार निष्कासन गर्ने निर्णय गरेको थियो ।

सो दलका प्रमुख सचेतकले सांसद गिरीलाई पदमुक्त गरिदिन आग्रहसहितको पत्र बुधबार सङ्घीय संसद सचिवालयमा दर्ता गराउनुभएको थियो । सो पत्रउपर कार्यबाही गर्दा संविधानको धारा ८९ बमोजिम सांसद गिरीको पद रिक्त भएको जानकारी महासचिव गौतमले गराउनुभएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले समेत रिक्त पदमा स्वीकृति प्रदान गरिसक्नुभएको महासचिव डा गौतमले बताउनुभयो । सांसद गिरीको पद रिक्त भएपछि अब त्यस ठाउँमा सोही दलकी नेतृ लीला सिटौला सांसद बन्ने बाटो खुलेको छ । समानुपातिक सूचीमा गिरीपछि उहाँको नाम उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?