logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल प्रहरीको महानिरीक्षक पदमा शैलेश थापा क्षेत्री नियुक्त

राष्ट्रिय |


नेपाल प्रहरीको महानिरीक्षक पदमा शैलेश थापा क्षेत्री नियुक्त


पुरुषाेत्तम खत्री

काठमाडौँ, असार २३ गते । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उहाँ नेपाल प्रहरीको २८ औँ महानिरीक्षक हुनुहुनेछ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको असार २४ मा उमेरका कारण अवकास हुँदैछ । आज बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उहाँलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताउनुभयाे  ।

महानिरीक्षक पदका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल पनि प्रतिस्पर्धामा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । वि. सं. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक नम्बर बन्ने सौभाग्य पाउँदै आउनुभएको छ ।

नेपाल प्रहरीको सङ्गठनमा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा थापालाई लिने गरिएको छ । उहाँ यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता रुपमा काम गर्नुभएको र उहाँले यसअघिका प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?