logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना विशेष अस्पताल बनाउने निर्णय भयो, अहिलेसम्म काम भएन

प्रदेश |


कोरोना विशेष अस्पताल बनाउने निर्णय भयो, अहिलेसम्म काम भएन


तारा चापागाईं दुवे
पोखरा, असार २३ गते । पोखरा ३० शिशुवास्थित लेखनाथ सामुदायिक अस्पताललाई प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरे पनि हालसम्म कामसमेत सुरु गरेको छैन । एक हजार पाँच सय शय्याको स्वीकृत लिएको अस्पतालमा हाल ६० शय्यामा रहेको छ ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिले समेत गत चैतमा सो अस्पताललाई ६० शय्याको कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो । मुख्यमन्त्री संयोजक रहेको समितिले गरेको निर्णय चार महिना पुग्न लाग्दासमेत कार्यान्वयन हुन सकेको छैन ।

कोरोना विशेष अस्पतालकको रुपमा तयार गर्नु त के त्यसको पूर्वतयारीसमेत सुरु भएको छैन भने विशेष अस्पतालका लागि आवश्यक आइसोलेसन बेड, आवश्यक उपकरणसँगै गर्नुपर्ने अन्य कामहरू केही नभएको र प्रदेश सरकारका तर्फबाट एक-दुई पटक स्थलगत निरीक्षण गर्नेबाहेक अन्य केही काम हालसम्म अघि बढेकाे छैन । अस्पतालका प्रशासन प्रमुख केदार लामिछानेले कोरोनाका बिरामी उपचार गर्ने भनी सुरुमा प्रचार गरियो तर तयारी केही नभएको र बिरामीसमेत राख्ने व्यवस्था नगरिएको जानकारी दिनुभयो ।

आउँदो साउन १ गतेदेखि प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालनको जिम्मासमेत दिने अस्पताल व्यवस्थापन पक्षल सबै तयारी गरेको र सरकारका तर्फबाट केही काम बाँकी रहेको जानकारी उहाँले दिनुभयो । कोरोना महामारीअघि दैनिक ६०-७० जना बिरामी आउने अस्पतालमा हाल करिब ३० जनाको हाराहारीमा बिरामी आउने गरेका लामिछानेले बताउनुभयो ।

चार दिनअघि असार १९ मा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले अस्पताललाई ७० लाख ३४ हजार रुपियाँ अनुदान दिने निर्णय गरेको छ । अस्पतालमा आवश्यक भौतिक पूर्वाधार, उपकरण, जनशक्ति थप र व्यवस्थापनसँगै सञ्चालनका लागि सो रकम दिन लागिएको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने उद्देश्यसहित सरकार अघि बढेको जानकारी दिँदै हाल अस्पतालमा आइसोलेसनका लागि आवश्यक शय्यासँगै पर्खाल, शौचालय निमार्णको काम भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?