logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु


जेनेभा, स्वीट्जरल्याण्ड
असार २२ गते। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या पाँभ लाख ३७ हजार १०३ पुगेको छ । विश्वभर एक करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक प्रेस विज्ञप्तीमा खुलाएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ६५ लाख ४६ हजार ८४५ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४४ लाख ९४ हजार १७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २९ लाख ८३ हजार १४२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार ५७१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २५ लाख १५ हजार ३६० जना कोरोना भाइरस संक्रमति रहेका छन् । दक्षिण अमेरिकामा ९३ हजार ७४१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३४ लाख ९४ हजार ६८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । उत्तर अमेरिकामा एक लाख ७५ हजार ६५१ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ८४ हजार ८६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९३ हजार ८४५ को मृत्यु भएको छ । एसियामा २५ लाख ८६ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६२ हजार २६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा चार लाख ७९ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार ४०० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?