logo
२०८० चैत्र १६ शुक्रवार



व्यवस्थित क्वारेन्टाइनको अभाव

मुख्य समाचार |


व्यवस्थित क्वारेन्टाइनको अभाव
फाइल तस्बिर


नगेन्द्र सापकोटा

काठमाडौँ, असार १७ गते । काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि व्यवस्थित क्वारेन्टाइनको अभाव खट्किन थालेको छ । उपत्यकाका स्थानीय तहले कोरोना सङ्क्रमितलाई राख्ने व्यवस्थित क्वारेन्टाइन निर्माण नगरेको गुनासो आउन थालेको छ ।
कुनै पनि बेला उपत्यकामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न सक्ने खतरा रहेको भन्दै उपत्यकाका तीनवटै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले चिन्ता प्रकट गरेका छन् । विदेशबाट ल्याइएका नागरिकलाई केही दिन राख्न भनेर उपत्यकाका तीनवटै जिल्लामा होल्डिङ सेन्टर निर्माण भएका छन् तर अहिले ती होल्डिङ सेन्टर भरिँदै जाने र अरू नबनाउने हो भने समस्या आउने छ ।
सेन्टरमा राखिएका मानिसलाई सम्बन्धित जिल्लाको स्थानीय तहले बुझ्न नमानेपछि होल्डिङ सेन्टर भरिने र खाली नहुने अवस्था सिर्जना भएको छ । उपत्यकाका तीन जिल्लामा एक हजार एक सय जना अट्ने क्वारेन्टाइन निर्माण गरिए पनि व्यवस्थित नभएको सीएमसी काठमाडौंँले जनाएको छ ।
जिल्ला समन्वय समिति काठमाडाँैका प्रमुख एवं सीएमसी काठमाडौँ सल्लाहकार शिवसुन्दर राजवैद्यले उपत्यकाका स्थानीय तहले क्वारेन्टाइन पर्याप्त नबनाउँदा विदेशबाट ल्याइएका नागरिकबाटै होल्डिङ सेन्टर भरिने अवस्था आएको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरका चारवटै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी राखेकाले समस्या नआइसकेको दाबी गर्नुभयो । उहाँका अनुसार, भक्तपुरका चारवटा स्थानीय तहमा गरी करिब तीन सय शøया क्षमताको क्वारेन्टाइन निर्माण भएका छन् । ललितपुरमा पनि स्थानीय तहले क्वारेन्टाइन निर्माण गरे पनि पर्याप्त नभएको सीएमसी ललितपुरले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?