logo
२०८० चैत्र १६ शुक्रवार



चीनमा विद्यालय शिक्षा छाड्ने दरमा ९९ प्रतिशतले कमी आयो

अन्तर्राष्ट्रिय |


चीनमा विद्यालय शिक्षा छाड्ने दरमा ९९ प्रतिशतले कमी आयो


बेइजिङ, असार १५ गते। चीनमा विद्यालय शिक्षा छाड्ने दरमा राष्ट्रव्यापी रुपमा झण्डै ९९ प्रतिशतले कमी आएको छ । चीनमा नौ वर्षको अनिवार्य स्कुल शिक्षा प्रणाली छ ।
चीनको शिक्षा मन्त्रालयका अनुसार सन् २०१९ को शुरुमा करिब छ लाखले विद्यालय शिक्षा छाडेका थिए भने यस वर्षको जुन १४ सम्ममा छ हजार ७८१ जनाले मात्र विद्यालय शिक्षा परित्याग गरेका छन् ।
मन्त्रालयले तयार पारेको अनिवार्य विद्यालय शिक्षाको प्रावधानको कार्यान्वयनमा कडाइ गरेपछि विद्यालय छाड्ने दरमा कमी आएको बताइएको छ । चीनमा अहिले शारीरिक कठिनाइका कारण विद्यालयमा उपस्थित हुन नसक्नेबाहेक अरु सबैलाई विद्यालय शिक्षामा अनिवार्य समेटिने गरिएको मन्त्रालयको भनाइ छ ।
नवौँ वर्षको शिक्षा पूरा गर्ने विद्यार्थीको दरलाई पनि सन् २०२० को अन्त्यसम्ममा ९५ प्रतिशत पुर्याउने मन्त्रालयले जनाएको छ । चीन सरकारले गरिब परिवारका बालबालिकालाई अनिवार्य शिक्षामा समाहित गर्न विशेष पहल र कार्यक्रम सुरु गरेकै कारण विद्यालय छाड्ने दरमा कमी आएको हो ।
कोरोनाभाइरस महामारीका बीच पनि विद्यालय छाड्न नपर्ने वातावरण तयार पारिएको शिक्षा मन्त्रालयले बताएको छ । रोजगारीका लागि पढाइ छाड्ने विद्यार्थीहरूका निम्ति पुनः विद्यालय शिक्षामा समावेश गर्न तथा बालश्रमका लागि बालबालिका लैजाने गिरोहलाई कडा कारबाही गर्न सरकारले नयाँ निर्देशिकासमेत जारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?