logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने

राष्ट्रिय |


राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने


काठमाडौँ, जेठ २२ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताउनुभएकोे छ ।

सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराउनुभएको हो ।

पत्रमा उहाँले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने जनाउनुभएको छ । उहाँले उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिनसमेत पत्रमा अनुरोध गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?