logo
२०८१ बैशाख १३ बिहीवार



राष्ट्रियसभाः बजेट कार्यान्वयन गर्ने निकाय सक्रिय बनाउन जोड

राष्ट्रिय |


राष्ट्रियसभाः बजेट कार्यान्वयन गर्ने निकाय सक्रिय बनाउन जोड


काठमाडौँ, जेठ १९ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसदले कोभिड–१९ को संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा परेका सन्दर्भमा आर्थिक वर्ष २०७७÷०७८ को बजेट समय सान्र्दभिक भएको जनाउनुभएको छ । सभाको आजको वैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवेन्द्र दाहालले कोभिड–१९ का कारण स्वास्थ्य संकटबाट उत्पादन, व्यापार र लगानीसम्मको शृङ्खला प्रभावित भई विश्व अर्थतन्त्रमै संकुचन आउनेतर्फ बजेटले सबैलाई सचेत गराएको टिप्पणी गर्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते रु १४खर्ब ७४ अर्ब ६४ करोड बराबरको आव २०७७/०७८ को बजेट प्रस्तुत गर्नुभएको थियो । सभामा बजेटमाथि आइतबारदेखि दलीय आधारमा सामान्य छलफल भइरहेको छ । अर्थमन्त्री डा खतिवडाले आजै बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ।

नेकपाका सुमनराज प्याकुरेलले कोभिड–१९ रोकथाम, वृद्धाभत्तालाई निरन्तरता, उद्योग सञ्चालन, सहकारी खेतीलगायतमा जोड दिइएका कारण बजेट उत्कृष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“सरकारले प्रस्तुत गरेको बजेटले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगारीका लागि सहयोग पु¥याएको छ, त्यसैगरी तराई–मधेशलाई पनि बजेटले राम्रोसँग सम्बोधन गरेको छ, यी सकारात्मक पक्षका लागि सरकारप्रति हामी आभारी छौँ ।” सोही दलकी सुमित्रा बिसीले निजी विद्यालय सञ्चालन र विद्युतीय यातायातमा सहुलियतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली काँग्रेसका रमेशजंग रायमाझीले गत वर्षको बजेट फ्रिज भएकाले बजेट कार्यान्वयन गर्ने निकायलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“नेपाली जनताको आशा र भरोसाअनुसार बजेट आउन नसकेको छैन, सरकारले कोभिड–१९ को समयमा रु ८० करोड बराबरको राहत वितरण गरेको छ भनिएको छ, यो राहत कसले पायो ?”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?