logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानमा २४ घन्टामा ६२५ कोरोना सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा २४ घन्टामा ६२५ कोरोना सङ्क्रमित थपिए


काबुल , जेठ १४ गते।
अफगानिस्तानमा पछिल्लो २४ घन्टामा ६२५ जना कोरोना सङ्क्रमित थपिएका बताइएको छ । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।
बुधबारसम्म कोभिड १९ का सङ्क्रमितको संख्या १२ हजार ४५६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका सङ्क्रमितहरु थपिएका छन् । उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि सात जना सङ्क्रमितको ज्यान गएको छ । कोरोना सङ्क्रमिणबाट अहिलेसम्म २२७ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ । कारोनाका सङ्क्रमितमध्ये १ हजार १३८ जना निको भएर फर्र्किएका छन् । निधन भएकाहरुमा कुनै न कुनै रोगका विरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?