logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउनका कारण भारतको गुजरातमा मात्रै ३० हजार विवाह स्थगित

अन्तर्राष्ट्रिय |
समाज |


लकडाउनका कारण भारतको गुजरातमा मात्रै ३० हजार विवाह स्थगित


अहमदाबाद, जेठ १४ गते । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको विवाह स्थगित भएको हो ।
पछिल्लो दुई महिनामा मात्रै यती धेरै वैवाहिक कार्यक्रम स्थगित भएको वैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् । “गुजरात प्रदेशभरीमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित भएका छन्,” होटल तथा रेस्टुरेन्ट एसोसिएसन गुजरातका प्रवक्ताले भने ।
प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै विवाहका धेरै कार्यक्रम हुने महिना भएपनि धेरै विवाह स्थगित भएका छन् ।तर कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा पनि विवाह गरेका छन् ।
सरकारले ५० जना मात्रै मानिस सहभागी गराएमा र आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाएमा मात्रै वैवाहिक कार्यक्रम गर्न दिने व्यवस्था गरेको छ । सरकारले यही १८ मे देखि लकडाउनलाई केही खुकुलो बनाएको भएपनि वैवाहिक कार्यक्रमका लागि भने गाह्रो नै रहेको व्यवसायीहरुको भनाई छ ।
“मानिसहरुले अहिले धमाधम वैवाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको प्रतिक्षा गरेका छन्, अव डिसेम्बर र जनवरीमा मात्रै विवाह हुनसक्ने देखिएको छ,” एक व्यवसायीले भने । सरकारले लागु गरेको मापदण्ड पुरा गरेर निकै कम जोडीले मात्रै विवाह गरेका छन् । अति बाध्यात्मक अवस्थामा रहेका बाहेक अधिकांशले प्रतिक्षा नै गरेको पाइएको छ ।
आफ्नो विवाहको फोटो र भिडियोमा मुखमा मास्क लगाएको, हातमा पञ्जा लगाएको र आफन्तहरुको न्युन सहभागीता भएको कसले चाहन्छ र रु त्यसैले अत्यावश्यक बाध्यता परेका बाहेक अन्यले प्रतिक्षा गरेको हुनसक्ने वैवाहिक कार्यक्रम गराउने व्यवसायीहरुको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?