logo
२०८१ बैशाख ७ शुक्रवार



कतारमा २५ हजारमा कोरोना भाइरसको सङ्क्रमण

अन्तर्राष्ट्रिय |


कतारमा २५ हजारमा कोरोना भाइरसको सङ्क्रमण


दोहा, वैशाख ३१ गते । नेपाली र भारतीय कामदारको निकै ठूलो सङ्ख्या रहेको कतारमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मङ्गलबार मात्र एक हजार ५२६ जना नयाँ सङ्क्रमित भेटिएको बताएको छ । कुल सङ्क्रमितमध्ये हाल २२ हजार ११६ जना उपचारका क्रममा रहेका छन् ।
कतार समाचार एजेन्सीका अनुसार कतारमा तीन हजार १९ जना निको भएर डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ । नयाँ सङ्क्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरू सबैलाई क्वारेन्टिनमा राखिएको छ । कतारमा एक लाख ३४ हजार २९४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?