logo
२०८० चैत्र १५ बिहीवार



मजदुरलाई खाद्यान्न सहयोग, कर्मचारीलाई प्रोत्साहन

खुला |


मजदुरलाई खाद्यान्न सहयोग, कर्मचारीलाई प्रोत्साहन


दार्चुला समाचारदाता
दार्चुला, चैत २० गते । शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर र बोहोरीगाउँका दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने डेढ सय परिवारलाई दाल, चामल, तेल लगायत राहात सामाग्री वितरण गरेको छ । नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि खटिने कर्मचारीको तलबमा ५० देखि ७५ प्रतिषत प्रोत्साहन भत्ता दिने लगायत निर्णय गरेको छ ।

मार्मा गाउँपालिकामा १०४ जनाका साथै जिल्लाभरी २०० मानिस क्वारेन्टाइनमा बसेका छन् । अधिकासं स्थानीय तहले मास्क निर्माण गरेर जनतालाई वितरण गरिरहेका छन् । कोरोना रोकथामकालागि मार्मा गाउँपालिकाले १५ लाख र शैल्यशिखर नगरपालिकाले २५ लाखको राहत कोष खडा गरेका छन् ।

लकडाउनको समयमा भारतका विभिन्न सहरबाट हिडेर झण्डै ९ सय मानिस धारचुला पुगेका छन् । सीमा बन्द भएकोले नेपाल प्रबेस गर्न नपाएका उनिहरुलाई धारचुला र जौलजिबीको पाँच ठाउँमा क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा कोचिएर बस्नुपरेको र राम्रोसंग खान, सुत्न समेत व्यवस्था नभएकोले उनिहरु नेपाल फर्किन चाहिरहेका छन् । महाकालीमा पौडी खेलेर, तुइन र ट्युव तरेर सयौँ मानिस दार्चुला भित्रिएकोले कोरोनाको जोखिम बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?