logo
२०८० चैत्र १६ शुक्रवार



अनेरास्ववियूद्धारा प्रहरीलाई माक्स र पञ्जा युवा संघले दियो पानी

खुला |


अनेरास्ववियूद्धारा प्रहरीलाई माक्स र पञ्जा युवा संघले दियो पानी


काभ्रे समाचारदाता
काभ्रे, चैत १६ गते । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ( अनेरास्ववियू) जिल्ला कमिटी काभ्रेले प्रहरीलाई माक्स, पञ्जा र सेनिटाइजर वितरण गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनालाई अनेरास्ववियू जिल्ला कमिटी संयोजक उपेन्द्र शर्माले माक्स, पञ्जा र सेनिटाइजर आइतबार वितरण गर्नुभएको थियो । शर्माका अनुसार चार सय ५० थान माक्स, चार सय पञ्जा र तीन वटा सेनिटाइजर वितरण गरिएको छ । लकडाउनमा खटिने प्रहरीलाई आवश्यक माक्स, पन्जा र सेनिटाइजर वितरण गरेको शर्माले जानकारी दिनुभयो । लकडाउन अगाडि अनेरास्ववियूले जिल्लाका छ वटै नगरपालिकामा कोरोना भाइरसका बारेमा सचेतना मूलक प्रचारप्रसार गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्रिय यु्वा संघ काभ्रेले प्रहरी तथा क्वारेनटाइनमा आवश्यक रहेको पानी उपलब्ध गराएको छ ।

युवा संघका जिल्ला संयोजक बिक्रम चौलागाइले जनताको स्वास्थ्यका लागि अहोरात्र सडकमा खटिएका प्रहरी तथा धुलिखेलमा तयारी अवस्थामा रहेको क्वारेनटाइनलाई पानी सहयोग गरेको हो । राष्ट्रिय य्वा संघ नेपालका केन्द्रीय सदस्य भेषराज शाहले आगामी दिनमा समेत निरन्त पानी सहयोग गर्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?