logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाबारे सम्पूर्ण जानकारी दिन वेबसाइट र मोबाइल एप्स सुरू

खुला |
फिचर |


कोरोनाबारे सम्पूर्ण जानकारी दिन वेबसाइट र मोबाइल एप्स सुरू


काठमाडाैँ, चैत १६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेवसाइट र एपको शुभारम्भ गर्नुभएको हो । मन्त्रालयले एपसँगै कोभिड-१९ को सूचना प्राप्त गर्न सहजहोस भनेर सबैको पहुँचका लागि भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको स्वास्थ्यमन्त्रालयले प्रेस विज्ञप्तिम मार्फत् जनाएको छ । 

शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिनुभयाे । उहाँले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध गर्नुभयो । उहाँले नयाँ वेबसाइट, मोबाइल एप र भाइबर क्म्युनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोध पनि गर्नुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारी सहित सम्पूर्ण सूचनाहरु आम नागरिक माझ सहझ रुपले पुर्याउने उद्देश्यका साथ मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेब एम्लिकेशन तयार पारेको हो ।

तत्कालका लागि covid19.mohp.gov.np बाट मोबाइलमा एप्स डाउनलोड गरी हेर्न सिकनेछ । एमओएचपी नेपाल कोभिड (MoHP NEPAL COVID-19) मा गएर भाइबर कम्युनिटीमा जोडिन सकिन्छ । वेवसाइटमा हव अस्पताल, कोभिड-१९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै आइसोलेसन बेडहरूको जानकारी समेत सबैले जहाँसुकैबाट हेर्न सक्नेछन । यसबाट कोरोनाको लक्षणहरू आफैँले मूल्यांकन गर्न समेत सकिने छ भने मूल्यांकनको नतिजा तत्कालै हेर्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?