logo
२०८१ बैशाख १३ बिहीवार



भाइरस नियन्त्रण प्रभावकारी बनाउन नेपाली सेनाले सञ्चालन गर्यो मोबाइल एप

राष्ट्रिय |


भाइरस नियन्त्रण प्रभावकारी बनाउन नेपाली सेनाले सञ्चालन गर्यो मोबाइल एप


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १६ गते । नेपाली सेनाले कोरोना भाइरसको रोकथाम, प्रतिकार र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन कोभिड–१९ मोबाइल एप बनाएको छ । उक्त एपले ‘क्राउड सोर्सिङ्ग’ अवधारणा बमोजिम सर्वसाधारणबाट सूचना प्राप्त गरि आकस्मिक सेवा प्रवाह गर्न सहयोग गर्नेछ ।
नेपाली सेनाले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नाम दिएको उक्त एपमा परिवार, छरछिमेक तथा साथीभाइमा कोभिड–१९ को लक्षण देखिएमा उक्त विवरण पठाउन सकिने व्यवस्था गरिएको छ । एपमार्फत् नै सूचना एवम् जानकारी सम्प्रेषण गरिनेछ । एपमार्फत् प्राप्त हुने तथ्याङ्कलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन एवम् विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने जनाएको छ ।
तात्काल नेपाली सेनाको वेभसाइट ‘नेपालआर्मी डट मिल डट एनपी’ बाट उक्त एप डाउनलोड गर्न सकिने र छिट्टै गुगल प्ले स्टोरमा समेत व्यवस्था गरिने नेपाली सेनाले विज्ञप्ती जारी गरी उल्लेख गरेको छ । प्रयोगकत्र्ताले सुरुमा आफ्नो व्यक्तिगत् विवरण समावेश गर्ेपछि एप सञ्चालनमा आउनेछ ।
हाललाई उक्त एप एन्डरोयड मोबाइलमा मात्रै प्रयोग गर्ने गरी डिजाइन गरिएकोमा केही दिनभित्रै एप्पल फोनका लागि तयार गरिने नेपाली सेनाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?