logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउनः कञ्चनपुरका सबै पत्रपत्रिकाको प्रकाशन बन्द

प्रदेश |


लकडाउनः कञ्चनपुरका सबै पत्रपत्रिकाको प्रकाशन बन्द


कञ्चनपुर, चैत १३ गते । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई विशेष ख्याल गर्दै देशव्यापि ‘लकडाउन’ भएपछि यहाँबाट प्रकाशित हुने पत्रपत्रिकाको प्रकाशन बन्द भएका छन् ।


छापाखानामा काम गर्न कामदार तथा पत्रपत्रिका ग्राहककहाँ पु-याउन समस्या भएपछि प्रकाशन बन्द गरिएकोे जनाइएको छ । गत आइतबारदेखि जिल्लामा पत्रपत्रिका प्रकाशन भएका छैनन् । जिल्ला लकडान भएपछि बजार क्षेत्रमा पत्रपत्रिका पु-याउन निकै समस्या र सुरक्षा चुनौति बढेपछि प्रकाशन बन्द गर्नु परेको भीमदत्त नगर बजारबाट प्रकाशन हुने विकल्प दैनिकका कार्यकारी सम्पादक रनि विवसले जानकारी दिनुभयो ।


पत्रिकाबन्द भएपछि घरमै परिवारसँगै बस्दै आएको छु उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र मोवाईल फोन मार्फत सम्पर्कमा रहने गरेको छु । स्वयं सुरक्षित हुनु वुद्धिमानि हो ।”


नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष बिष्णु अवस्थीले केही दिन अघि सञ्चारकर्मीलाई सुरक्षित भई समाचार सङकलन गर्न आव्हान गर्नु भएको थियो । जिल्ला बाट दैनिक र साप्ताहिक गरी डेढ दर्जन पत्रपत्रिका प्रकाशित हुदै आएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?