logo
२०८१ बैशाख ७ शुक्रवार



यो बर्षको बिस्केटमा औपचारिक मात्रै पूजा हुने

राष्ट्रिय |


यो बर्षको बिस्केटमा औपचारिक मात्रै पूजा हुने


शान्ति लामा
भक्तपुर, चैत ११ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमका कारण यस वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको विस्केट जात्रा सञ्चालन कार्यदल २०७६ को बैठकले विस्केट जात्राको मूल जात्रा तथा टोल टोलमा हुने तिप्वा जात्रा, खः ल्वाकेगु जात्रा, द्यो स्वगं वियगु जात्रालगायतका अन्य जात्राहरुसमेत औपचारिक पूजाआजामा सीमित गर्न सम्बन्धित सबै पक्ष र सर्वसाधारण जनतामा आग्रह गर्ने निर्णय गरको हो ।
कार्यदलमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थानको कार्यालय भक्तपुर, विद्युत प्राधिकरण, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम भक्तपुर शाखा, भैल नायो, विस्का जात्रा सहयोग समिति लगायतका प्रतिनिधिहरु सदस्य रहेका छन् ।
भक्तपुरमा सञ्चालन हुने विस्केट जात्रा उपत्यकाको एक महत्वपूर्ण पर्व हो । हरेक वर्ष चैत्रको अन्तिम साता शुरु भई नयाँ वर्षसँगै बैशाख महिनाको पहिलो हप्तासम्म चल्ने यो जात्रा आवलोकन गर्न हजारौँ देशी विदेशी भक्तपुर आउने गर्छन् ।
विशेष परिस्थितिमा सबै नागरिकले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु अनिवार्य भएकोले परम्परादेखि चलि आएको बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित राखी जात्रा सम्पन्न गर्न सबैमा अनुरोध गरिएको भक्तपुरका नगरप्रमुख प्रजापतिले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?