logo
२०८१ बैशाख ८ शनिवार



प्रहरीमा निमित्तको सङ्ख्या बढ्यो

राष्ट्रिय |


प्रहरीमा निमित्तको सङ्ख्या बढ्यो


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १० गते । नेपाल प्रहरी सङ्गठनमा नयाँ नेतृत्व आएसँंगै हवल्दारदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी ) तहसम्मको बढुवा प्रक्रियाका लागि ‘दबाब’ सुरु भएको छ ।
एआईजी र डीआईजीको अभावमा प्रधान कार्यालय नक्साल अन्तर्गत विभिन्न विभाग र सातवटै प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हँुदै आएका छन् । प्रहरी सङ्गठनमा एआईजी तीन, प्रहरी नायब महानिरीक्षक(डीआईजी ) १९, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनपद आठ र प्राविधिक आठ गरी १६, एसपी (प्रहरी उपरीक्षक) जनपद छ र प्राविधिक ११ गरी १७ दरबन्दी रिक्त छन् ।
त्यस्तैं, प्रहरी नायब उपरीक्षक जनपद ३० र प्राविधिक २० गरी ५०, प्रहरी निरीक्षक जनपद १५३ र प्राविधिक ५५ गरी २०८, प्रही नायब निरीक्षक जनपद २४६ र प्राविधिक १५४ र प्रहरी सहायक निरीक्षक जनपद ७९६ र प्राविधिक १७४ गरी ९७० दरबन्दी रिक्त छन् । प्रहरी सङ्गठनको महŒवपूर्ण आधार जनशक्ति प्रहरी हवल्दारमा एकहजार ६५६ र जवानमा सातहजार १८४ र अन्य गरी पाँचसय १९ दरबन्दी रिक्त छन् । वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीमा रिक्त करिब ११ हजार दरबन्दी परिपूर्ति गर्ने जिम्मेवारी थपिएको छ । नेपाल प्रहरीको कुल दरबन्दी सङ्ख्या ७५ हजार छ ।

विशिष्ट श्रेणीमा प्रतिस्पर्धा
निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँंगै तीनजना एआईजी र १८ जना डीआईजीले ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अवकास पाएपछि माथिल्लो तहमा यति ठूलो जनशक्ति रिक्त हुन पुगेको केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री बताउनुहुन्छ ।
नेपाल प्रहरीको रिक्त एआईजी पदका लागि सातजना डीआईजीबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेका तारिणी लम्साल प्रहरी महानिरीक्षक ज्ञवालीका ब्याजी तथा डीआईजीमा एकैसाथ बढुवा हुनुभएको हो ।
त्यस्तै उहाँहरूसँंगै शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की र सूर्यप्रसाद उपाध्याय पनि एसएसपीबाट डीआईजीमा बढुवा हुनुभएको थियो । उपाध्याय महानिरीक्षक ज्ञवालीकै ब्याजी भए पनि डीआईजीमा भने चारजनापछि पाँचौँ क्रमसङ्ख्या राखेर बढुवा गरिएको थियो ।
एआईजी बढुवाका लागि क्रमसङ्ख्या मापदण्डभित्र नपर्ने भएकाले लम्सालदेखि उपाध्यायसम्म छजना नै मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । सिनियर प्रहरी टोलीलाई पछि पार्दै डीआईजीमा बढुवा हुनुभएका विश्वराज पोखरेलका कारण एआईजी बढुवा थप कसिलो हुने देखिएको छ ।

विश्वराजको विरासत
हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखमा कार्यरत पोखरेल पनि एआईजीको प्रतिस्पर्धामा हुनुहुन्छ । पोखरेल आफूभन्दा सिनियर दुई टोलीका प्रतिस्पर्धालाई पछि पार्दै एसएसपीबाट डीआईजीमा बढुवा हुनुभएको हो । प्रहरीको रिक्त तीन एआईजी पदका लागि सिनियर डीआईजी लम्सालदेखि पोखरेलसम्म प्रतिस्पर्धामा हुनुहुन्छ । लम्साल र उपाध्यायबाहेक सो टोलीबाट एआईजी हुने उच्च प्रहरी अधिकृत भावी सङ्गठन प्रमुख हुने भएकाले बढुवा दबाबसँंगै कडा प्रतिस्पर्धा भएको हो ।
डीआईजी पोखरेल प्रहरी सङ्गठनको आन्तरिक तथा बाह्यरूपमा पेसागत इमानदारीसँगै कामकारबाहीमा आक्रामक ढङ्गले प्रस्तुत हुन थालेपछि एआईजीमा उहाँको सम्भावना पनि त्यत्तिकै बढ्दै गएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?