logo
२०८० चैत्र १५ बिहीवार



तालिबानी लडाकूद्वारा न्यायाधीशको हत्या

अन्तर्राष्ट्रिय |


तालिबानी लडाकूद्वारा न्यायाधीशको हत्या


हेरात, फागुन ६ गते । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए । प्रान्तीय सरकारका प्रवक्ता जैलानी फरहादले तालिबानी लडाकू समूहले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरे पनि व्यक्ति हत्याको ज्यादती नरोकिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
साप्ताहान्तमा कन्दहार प्रान्तको डन्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुई जना प्रहरी अधिकृतहरु मारिएका थिए । अफगानी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८०० भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९५० जनाभन्दा बढी घाइते भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?