logo
२०८० चैत्र १५ बिहीवार



प्रेम दिवसमा सौराहामा फुड फेष्टिवल

पर्यटन |


प्रेम दिवसमा सौराहामा फुड फेष्टिवल


शालिग्राम नेपाल
सौराहा(चितवन), माघ १५ गते । प्रेम दिवसको अबसर पारेर चितवनको सौराहामा फूड फेष्टिबल आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले सिसुवारको मैदानमा माघ २८ देखि फागुन तीन गतेसम्म फेष्टिवल आयोजना गर्न लागेको हो ।
१४ औं संस्करणको रुपमा आयोजना हुुुने यो खाना महोत्सवले पर्यटन वर्ष २०२० सफल पार्न मद्यत गर्ने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनु भयो । महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकार रहने छ । त्यस्तै स्थानीय कला, संस्कृति, भेषभुषाको जगेर्नाका लागि महोत्सव केन्द्रीत रहेको बताइएको छ । मेला अवधीभर सौराहाको ड्यामदेखि महोत्सव स्थलमा विविध झाँकी प्रस्तुत गरिने अध्यक्ष खतिवडाले बताउनु भयो ।

महोत्सवमा विविध खेलकुद कार्यक्रम, प्रेमपत्र लेखन प्रतियोगिता, सडक नाटक आयोजना गरिने आयोजकले जानकारी गराएको छ । हरेक दिन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकालको प्रस्तुती रहने नविन नेपालले बताउनु भयो । सांगितिक कार्यक्रम विशेष आकर्षणको रहेको उहाले बताउनु भयो । रेवान महिना समूह र क्षेत्रीय होटल संघ नेपाल चितवन सहआयोजक रहेका छन ।

अन्य दिन निःशुल्क प्रवेश भएपनि फागुन २ गते भ्यालेण्टाईन डेमा टिकटको ब्यवस्था गरिएको छ । टिकटको ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक ध्रुव गिरीले बताउनु भयो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन फूड फेष्टिबलको तयारी तिब्र पारिएको छ । महोत्सव अवधीभर रेवानले सौराहामा छुटको ब्यवस्था गरेको छ । रेवानमा आवद्ध रेष्टुरेण्टमा १५ प्रतिशत , होटलमा ३० प्रतिशत र साना पर्यटन ब्यवसायमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । महोत्सवको सुरक्षाको लागि पर्यटक कम हुने सिजनमा सौराहामा पर्यटकीय गतिविधि संचालन गरिन्छ । आन्तरिक पर्यटक बढाउन फूड फेष्टिबल, हात्ती महोत्सव हुने गरेको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पर्यटकीय क्षेत्रमा आयोजना हुने यस्ता क्रियाकलापले यहाँको प्रचार प्रसार गर्नलाई ठुलो टेवा पुग्ने बताउनु भयो । आन्तरिक तथा वाह्य पर्यटक धेरै भित्राउनको लागि पनि कार्यक्रम हुनु जरुरी रहेको जानकारी दिनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?