logo
२०८० चैत्र १५ बिहीवार



न्यूजील्याण्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

अन्तर्राष्ट्रिय |


न्यूजील्याण्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव


वेलिङ्टन, माघ १४ गते । न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महिना अघि नै चुनाव गर्ने मिति घोषणा गर्नुभएको हो । अब न्यूजील्याण्डको आमनिर्वाचन सेप्टेम्बर १९ मा हुनेछ । प्रधानमन्त्री आर्डनले दोस्रो कार्यकालका लागि आफूलाई सशक्त उम्मेदवार रहेको दाबी गर्नुभएको छ ।

चुनावको मिति घोषणा गर्दै ३९ वर्षीया प्रधानमन्त्री आर्डनले मेरो नेतृत्व र सरकारको वर्तमान नीतिलाई न्यूजील्याण्डका जनताले समर्थन गर्ने विश्वास लिएको बताउनुभयो । अन्तर्राष्ट्रिय रुपमा पनि निकै चर्चित प्रधानमन्त्री आर्डनले क्राइस्टचर्चमा भएको हत्या र ह्वाइट भोल्कानोमा भएको दुःखद घटनालाई संवेदनशील रुपमा सम्हाल्न सफल हुनुभएको थियो ।

विदेशमा प्रधानमन्त्री आर्डनको लोकप्रियता कायमै रहे पनि स्वदेशभित्र भएको मतसर्वेक्षणमा कमजोर देखिनु भएको छ । सरकारको महत्वाकाँक्षी किवीबिल्ड परियोजना आशातित रुपमा अघि बढ्न नसकेपछि उहाँको चर्को आलोचना भइरहेको छ । यस योजना बमोजिम सस्तो लागतमा एक लाख घर निर्माण गर्ने भनिए पनि त्यो लक्ष पूरा हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?