logo
२०८० चैत्र १६ शुक्रवार



जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

समाज |


जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


गोरखापत्र अनलाइन

काठमाडौं, माघ १४ गते । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित छिरिङ शेर्पाको जस्ताको टहरामा तास खेलिरहेका तिब्बत घर भई हाल बौद्ध बस्ने ३७ वर्षीय नवाङ कुन्साङ समेत १० जनालाई नगद २ लाख ८१ हजार रुपैयाँ र ६ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ बिशालनगरस्थित तपोबन होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका साहु ४९ वर्षीय डबल बहादुर मल्ल समेत ११ जनालाई नगद १ लाख ४७ हजार ५ सय रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?