logo
२०८० चैत्र १६ शुक्रवार



आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

राष्ट्रिय |


आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा


काठमाडौं, माघ ८ गते । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट सितापाईला चोकमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने लु११ प ९६६५ नम्बरको मोटरसाईकलमा सवार जाजरकोट दारेकोट ७ का जलन थापालाई नियन्त्रणमा लिएको छ । मोटरसाईकललाई चेकजाँच गर्दा कुनै पनि कागजपत्र नभएकाले प्रहरीले कारवाही गर्न खोज्दा मोटरसाईकलको पछाडी बसेका जलन थापाले प्रहरीलाई नगद ५ सय रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?