logo
२०८१ बैशाख ८ शनिवार



दमौली अस्पतालाट प्रसूतिको शल्यक्रिया शुरु

राष्ट्रिय |


दमौली अस्पतालाट प्रसूतिको शल्यक्रिया शुरु
तस्बिर सौजन्य – डा.रामहरी दाहाल रिसिङ गाउपलिका १ काहुँ शिवपुर की ३३ वर्षीया सिरुकुमारी सार्कीको शल्यक्रिया गरी बच्चा जन्माउँदै स्वाथ्यकर्मीहरु 


अमराज नहर्की
तनहुँ, कात्तिक ३० गते । दमौली अस्पतालमा प्रसुतिको शल्यक्रिया पुनः शुरु भएको छ । अस्पतालमा सुत्केरी हुन आएका महिलालाई शल्यक्रिया गरी बच्चा जन्माउनु परेमा काठमाडौं, पोखरा, चितवनलगायतको ठाउँमा धाउनु नपर्ने भएको छ । तनहुँको सदरमुकाम दमौलीस्थित यस अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावले शल्यक्रिया बन्द हुन पुगेको थियो ।

रिसिङ गाउपालिका–१ काहुँ शिवपुरबट सुत्केरी व्यथाले च्यापेपछि ल्याइएकी ३३ वर्षीया सिरुकुमारी तोलागाईं सार्कीको शल्यक्रिया गरी बच्चा निकालिएको छ । अस्पतालका एम.डि.जि.पी डा.रामहरी दाहालको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले प्रसुतिले च्यापेकी ती महिलाको सफल शल्यक्रिया गरेको दमौली अस्पतालले जनाएको ।

डा. दाहालले सुत्केरी ती महिलाको शल्यक्रिया गरी बच्चा जन्माउन सफल भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले जानकारी दिनुभयो । बिहीबार पनि डा. दाहालकै नेतृत्वको स्वास्थ्य कर्मीहरुले सुत्केरी व्यथाले च्यापेर आएकी भानु नगरपालिका– ३ की १८ वर्षीया निरुपा थापाको शल्यव्रिmया गरी शिशु जन्माउन सफल भएको अधिकारीले जानकारी दिनुभयो ।

दुई जनाको शल्यक्रिया गर्दा छोराको जन्म भएको र शिशु र आमा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । अब चाँडै हड्डि भाँचिएको र एपीन्डीसाइटीसको समेत शल्यििक्रया गरिने अस्पतालले जनाएको छ । करिब दुई वर्षअघि प्रसुतिका विशेषज्ञ डा. पवनजङ्ग रायमाझी सरुवा भएर गएपछि अस्पतालमा शल्यक्रिया रोकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?