logo
२०८१ बैशाख ८ शनिवार

  ब्रेकिङ न्यूज  



पूर्व मन्त्री आलमलाई थुनामा राख्न अदालतको आदेश

राष्ट्रिय |


पूर्व मन्त्री आलमलाई थुनामा राख्न अदालतको आदेश


काठमाडौं, कात्तिक २९ गते । जिल्ला अदालत, रौतहटले पूर्व मन्त्री आफताब आलमलाई पूर्पक्षको लाथि थुनामा राख्ने आदेश गरेको छ ।
रौतहटको फरदवामा बाह्र वर्ष अगाडि भएको घटनाको बम विष्फोट, कत्र्तब्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ । आलमलाई गाैर जेल चलान गरिएकाे छ ।

अदालतको आदेशमा मिसिलसँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा आलमको संलग्नता देखिएको भनिएको छ ।
जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले गत् कात्तिक १८ गते आलमसहित ११ जनामाथि सजायको माग दाबी लिई जिल्ला अदालत रौतहटमा मुद्दा दत्र्ता गरेको थियो । करीब दुई सातासम्म चलेको मुद्दाको थुनछेक बहस शुक्रबार सम्पन्न भएपछि न्यायधिश ढकालले प्रतिवादी आलम र वादी तर्फका श्रीनारायण सिंहलाई आ आफ्नो कुरा राख्न समय दिनुभएको थियो । दुबैजनाले आफ्नो कुरा राखेपछि थुनछेक बहस टुंगिएको थियो ।
उक्त प्रकरणमा आलम गत् असोज २६ गते रौतहटबाटै पक्राउ पर्नुभएको थियो । घटनामा संलग्नमध्ये दश प्रतिवादी अझै फरार रहेका छन् ।

याे पनि पढ्नुहाेस्

आलम विरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउने

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?