logo
२०८१ बैशाख ७ शुक्रवार



चीनले कालापानीमा नेपालको भूभाग मिचेको कुरा निराधार : दूतावास

राष्ट्रिय |


चीनले कालापानीमा नेपालको भूभाग मिचेको कुरा निराधार : दूतावास


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २८ गते । नेपाल र भारतबीचको कालापानी क्षेत्र सम्बन्धी विवाद मैत्रिपूर्ण छलफल र वार्ताका माध्यमबाट समाधान गरुन भन्ने चाहेको उल्लेख गरेको छ ।
चिनियाँ दूतावासद्वारा आज एक विज्ञप्ति प्रकाशित गरी चीनले नेपालको सार्वभौमिकता र भाैगाेलिक अखणडताकाे सधैं सम्मान गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा कतिपय गैर जिम्मेवार समाचार माध्यमहरूले चीनले पनि नेपालको भूभाग मिचेको भन्ने अरोप लागाइ रहेको उल्लेख गर्दै सो कुरा आधारहीन भएको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा नेपाल र चीनबीच सन् १९६१ मा सीमा सम्झौता भएको र सीमा पहिचान र चिन्ह लगाउने काम सम्पन्न भएको र दुई देशबीच सीमा र सुख्खा बन्दरगाहका विषयमा राम्रो सहयोग कामय रहेको बताइएको छ । केही समय पहिले चीनका राष्ट्रपति सी चीनफिनको नेपाल भ्रमणका क्रममा दुबै पक्षले सीमा व्यबस्थापन प्रणालीका बारेमा हस्ताक्षर गरेको उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?