logo
२०८० चैत्र १६ शुक्रवार



आलमको थुनछेक बहस बिहीबार पनि जारी

शुक्रबार पनि बहस हुने

राष्ट्रिय |


आलमको थुनछेक बहस बिहीबार पनि जारी


सञ्जय कुमार मिश्र
गौर, कात्तिक २८ गते । विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको मुद्दाको आरोपमा पक्राउ परेका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमको थुनछेक बहस बिहीबार पनि जारी रह्यो ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको इजलासमा पूर्वमन्त्री आलमको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरुले आलमलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गर्नुभएको छ ।

पूर्वमन्त्री आलमको तर्फबाट मो.मजरुल हक, विनोद कुमार गिरी, हरिशंकर प्रसाद, अनन्त अधिकारी, आफताब आलम, नन्दकिशोर साह लगायतका अधिवक्ताहरुले बहस गर्नुभएको थियो ।

आलमको तर्फबाट शुक्रबार पनि कानून व्यवसायीहरुले बहस गर्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?