logo
२०८१ बैशाख ६ बिहीवार



डा. केसीको आमरण अनसन स्थगित

राष्ट्रिय |


डा. केसीको आमरण अनसन स्थगित


मानबहादुर साँउद
अमरगढी,कात्तिक २६ गते । डडेल्धुरामा ९ दिनदेखि अनसरत डा.गोविन्द केसीले आजदेखि आफ्नो अनसन स्थगित भएको घोषणा गर्नुभएको छ । अनसन स्थलमै पत्रकार सम्मेलन गर्नुभएका डा.केसीले मुलुकमा राष्ट्रियताको मुद्दा उठेकाले हालका लागि अनसन स्थिगित भएको बताउनुभएको छ ।
गत सोमबारदेखि सातबुँदे माग सहित आफ्नो १७ औँ पटकको सत्याग्रह डडेल्धुराबाट थालेका डा.केसीले चार बर्षिया बालकको हातबाट जुस लिएर अनसन तोडेका छन ।
भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरा,लिपुलेक,कालापानीलाई आफ्नो नक्सामा राखेको बिषयले आफूलाई स्तब्ध बनाएको बिज्ञप्तमा जनाएका छन । नेपाली भुमिलाई आफ्नो नक्सामा समेटेर राष्ट्रियता माथि भारतले बोलेको धावाका बिरुद्ध सबै एकजुट हुनुपर्ने बेला आएकोले आपूुले उठाएको चिकित्सा क्षेत्रका मागलाई हाल स्थिगित गर्न बाध्य भएको डा.केसीले जानकारी गराउनुभएको छ ।
राष्ट्रियताको संवेदनशील विषय देशभर उठ्दै आएकाले यसलाई बुलन्द रुपमा अघि बढाउनका लागि जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णयमा पुगेको केसीको भनाई छ । डा.केसीलाई सोमबार शिक्षा मन्त्री गिरिरराजमणि पोखरेलले लिपुलेकको विषय उठिरहेकाले तत्कालका लागी राष्ट्रियताका सवालमा सरकार अघि बढीरहेकाले सहयोग गर्न आग्रह गरेपछि उहाँले अनसन स्थिगित गरिएको बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?