logo
२०८० चैत्र १५ बिहीवार



आज कति पुग्यो सुन चाँदीको भाउ ?

अर्थ |


आज कति पुग्यो सुन चाँदीको भाउ ?


काठमाडौं, कात्तिक २६ गते । निरन्तर बढ्ने र घट्ने क्रममा रहेको सुनको भाउ मंगलबार स्थिर देखिएको छ ।

साताको तेस्रो दिन मंगलबार सुनको भाउ स्थिर देखिएको हो । साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा यो क्रम सोमबार समेत निरन्तरता पाएको थियो । तर मंगलबार सुनको मूल्य सोमबारकै कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि प्रतितोला छापावाल सुन ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला ७० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?