logo
२०८१ बैशाख १३ बिहीवार



बस दुर्घटना हुँदा २५ यात्रु घाइते, तीन गम्भीर

राष्ट्रिय |


बस दुर्घटना हुँदा २५  यात्रु घाइते, तीन गम्भीर


गोरखापत्र अनलाइन
धुलिखेल, कात्तिक २४ गते । काभ्रेपलाञ्चोकको बनेपाबाट भकुण्डेबेसी जाँदै गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा यात्रुवाहक बस दुर्घटना भएको हो । बस सडकबाट करिव १५० मिटर तल खस्दा बसमा सवार २५ जना यात्रु दुर्घटनामा परी घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस नमोवुद्ध – २ मा दुर्घटना भएको थियो । घाइतेहरुलाई उपचारका लागि  धुलिखेल अस्पताल ल्याइएको छ ।



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?